भेट्नोमा चोट !
लेख
भेट्नोमा चोट !
निराजन बतास
एक महान व्यक्तित्व क्लोरिन्स ह्यारीले कुनै जुगमा भनेका थिए-ुयदि तिमी आफ्नो स्वतन्त्रता र सुरक्षा चाहन्छौ भने अरुको स्वतन्त्रता हनन नगर ।ु सांसारिक सबै संयन्त्र ुरिसीप्रोकलु भएको इंगित गर्ने यो उक्तिको अर्थ धेरै जुगपछि पनि अप्रधान नबन्ने ठोकुवा गर्न सकिन्छ । यो साता माओवादी सम्बद्ध मजदुरले गरेको हिमाल मिडिया माथिको आक्रमण र त्यसले उठाएको प्रेस स्वतन्त्रताको कुराले ठूलो खैलाबैला भएको छ । देश परिवर्तन र प्रत्येक नयाँ युगको प्राप्तिसँगै संसारले नै प्रेसलाई अभिन्न अंग मानिरहने बखत कान्छो गणतन्त्रान्त्रिक नेपालमा भने प्रेस स्वतन्त्राको सवाल टड्कारो हुनु कति प्रश्नयोग्य हुन सक्ला यसले अन्त्यहीन प्रश्नलाई फेरि बार नलाउने संकेत गर्दछ । आइतबार माओवादी सम्बद्ध अखिल नेपाल होटल तथा रेस्टुराँ संघका अध्यक्ष रमेशबाबु पन्त नेतृत्वको समूहले गरेको मिडिया माथिको आक्रमण पत्रकारिता जगतको मात्र नभएर फेरि एक पटक देशकै ठूलो चिन्ताको विषय बन्न पुगेको छ । यसले सोच्ने घोत्लिने अनेक बाटोहरुको करेसो बनाएको छ । आफु अनुकुलकै समाचार नछापिएकै निहुँमा कुनै पार्टी त्यो पनि सत्ताको नेतृत्व गरिरहेको पार्टीको भातृसंगठनले प्रेसलाई सिधै आक्रमणको निशाना बनाउनु कति धैर्य र कानुनमा कति सापेक्ष हुन सक्ला राज्य सत्तासँग जनताले भिडिरहेको बखत प्रेसले कुँजिनु पर्ने गरेको विषम इतिहास र त्यसको अवतरणलाई फेरि नबिस्रने हो भने पनि प्रेस माथिका आक्रमणमा के-कस्ता दुर्दर्शिता हुन सक्लान् त्यो बुझ्न हम्मे पर्ने हुनसक्छ । हिमाल मिडिया माथिको आक्रमणमा मिडिया अन्तर्गत नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित पत्रकार डम्बरकृष्ण श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत फाइनान्स अफिसर लगायत १२ जना घाइते भएका छन् । मिडियाले निकालेको विज्ञप्ति अनुसार मिडियाको ललितपुर स्थित कार्यालयमा आक्रमणकारीले तोडफोड गर्नुका साथै कार्यालयका पत्रकार र कर्मचारीलाई नियन्त्रण गरी कुटपिट गरेका छन् । झण्डै पचासको समूहका आक्रमणकारीले निकालिएका ११ मजदुरलाई २४ घण्टाभित्र पुनर्बहाली गर्न चेतावनी दिएका छन् भने नसच्चिए अर्को चर्को अवस्था हुन सक्ने बोलेर गएका छन् । घटनाको अन्तर्राष्ट्रिय समुदायसम्म यतिखेर विरोध र भत्स्रना भइरहेको छ । पत्रकार विरोधमा धर्ना र जुलशु निस्केका छन् भने छापा र प्रसारण साचारमाध्यमहरुले एकसाथ विरोध गरिरहेका छन् । घटनाको राजनीतिक वृतमा समेत हल्लीखल्ली भएको छ । सरकारको नेतृत्वकर्ता माओवादी सम्बद्ध मजदुरहरुको आक्रमणले संविधानसभाको ठूलो दल नेकपा माओवादी आलोचित भइरहेको छ । आइतबार व्यावस्थापिका संसदको बैठकमा घटनाको सभासदहरुले तीव्र आलोचना गरेको छन् । सभासदहरुले स्वतन्त्र प्रेस माथि कसैले धावा नबोल्न चेतावनी दिएका छन् भने पत्रकारहरुको आन्दोलनमा राजनैतिक दलका नेताहरु सडकमा नै सहभागी भएका छन् । मिडिया सोसाइटी सम्पादक साजाल नेपाल पत्रकार महासंघ अमेरिकी दुतावास संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको नेपाल स्थित कार्यालय राष्ट्रिय मानव अधिकार आयोग नेपाल बार एशोसिएसन नेपाल विज्ञापन संघ लगायत निकायले घटनालाई वाक् स्वतन्त्रता माथिको ठाडॊ हस्तक्षेप र प्रेस माथिको बर्बर र निर्लज्ज प्रहार भन्दै विरोध र दोषीलाई कार्वाही माग गरेका छन् । जनताको सबै स्वतन्त्रताको लागि पे्रस स्वतन्त्रता एउटा मूल कडी नै हुने गर्दछ । राष्ट्रको चौथो अंगको रुपमा प्रेसको भूमिका सबै देशमा सम्मानजनक मानिन्छ । राष्ट्रिय जनजीवनमा प्रत्यक्ष समकालीन सहभागिता राख्ने प्रेस जनताको भरोसा पनि हो । तर नेपाली प्रेसको अवस्थालाई यतिखेर फर्केर हेर्ने हो भने यसले आफ्नो कालखण्डलाई निर्बाध पाउन सकिरहेको छैन । देशले यो अवस्थासम्म आइपुग्न थुप्रै जनविरोधी शासनसँग जुझ्नु परेको छ । देशको शासन जनहित विपरित भए स्वतन्त्र प्रेस राज्यसत्ताको दुस्मन नै हुने गर्दछ । राज्यका कि्रयाकलापलाई स्वतन्त्र प्रेसले नै ुवाच डगु गर्ने हुँदा कतिपय शासक पत्रकारिताबाट तसर्िने र डराउने गर्दछन् । प्रेसका अघिल्तिर जनविरोधी शक्ति कुनै हालतमा छिप्न सक्दै सक्दैन । विश्वका थुप्रै इतिहासलाई पल्टाउने हो भने पनि प्रेसको भूमिकालाई कसैले नजरअन्दाज लगाउन सक्दैन । प्रेसले खेलेको भूमिकालाई वाटरगेट काण्ड सम्झे मात्रै पनि काफी हुनेछ । अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको कार्यकालमा मार्क फेल्टले राष्ट्रपतिका मान्छेहरुले अधिकारको दुरुपयोग गरिरहेको सूचना सम्प्रेषण गरेका थिए । जनतामाझ गएको त्यही सही सूचनाको प्रहारले सन १९७४ को अगस्टमा राष्ट्रपति निक्सनले आफ्नो पदबाट राजीनामा दिनु परेको थियो । किनभने वासिङटनस्थित वाटरगेट कम्पलेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटिको मुख्यालयमा चोरी भएको त्यसै साथ फेल्टले सूचना ल्याएका थिए र अनुसन्धानले निक्सन समर्थकको हात रहेको मात्रै देखाएन कि राजनीतिक जासुसी धोका र घुसखोरीको मुद्दा समेत बाहिर आएको थियो । भलै सूचना सम्प्रेषकले कुनै पक्षको प्रताडना र सास्ती खेपेका छन् तर स्वतन्त्र प्रेसकै बलमा परिवर्तनको विन्दु र जग भेटिने कुरा भन्नै पर्ने सत्य हो । यद्यपि हिमाल मिडिया माथिको तेस्रो आक्रमण र स्वतन्त्र पत्रकारितामा देशमा घट्दै र कम हुँदै नगइरहेका घटनाले सत्यतथ्य समाचार पाउने अधिकार पाउनुपर्नेले समेत गम्भीर चिन्ता लिनुपर्ने अवस्थाको सिर्जना भएको छ । घटनाको भोलिपल्ट सोमबार प्रधानमन्त्री पुष्ष्कमल दाहाल दोलखाको जिरीमा दक्षिण एशियाली स्वतन्त्र पत्रकार संंगठनको सम्मेलन उद्घाटनमा बोल्दै थिए । उनले त्यहाँ ुपत्रकारिताको विकासले नै नेपाली आन्दोलनहरु सफल भएकोु बताएका थिए । उनले सामाजिक रुपान्तरणका लागि नेपाली समाज चुनौती र जोखिमबाट गुजि्ररहेको र पत्रकारिता त्यसबाट अछुतो रहन नसक्ने बताए । यतिखेर सोच्नुपर्ने के हो भने पत्रकारितामा चुनौती यतिखेर कहाँनेरबाट सिर्जित भइरहेको छ के नेपाली प्रेस फेरि अर्को कुनै प्राप्तिका लागि राज्यसँग लडिरहेको हो त अभिव्यक्ति र प्राप्तिको हक जनताका मौलिक हक हुन् । जनतालाई राज्यसँग र राज्यलाई जनतासँग जोड्ने भेट्नोमा प्रहार हुनु कसका लागि हितकर हुनसक्छ जनताले धेरै हदसम्म सोचेका थिएनन् । देश यसरी यही समयमा गणतान्त्रिक हुनेछ । र भएपछि जनताले थोरै हद छोडेर सोचेका थिए अब देश वास्तवमा नै पहिलेका सास्ती र दुःख नदोहोरिने गरी एकोहोरिनेछ । नेपाली प्रेसको कुँजिएको ढाड अब बिस्तारै तङिग्रने छ र ठमठम हिड्नेछ । ुनयाँ नेपालु भनिदैं गरियो र सबै कुरामा ुनयाँु अर्थात् दुःखलाई बाहेकमा राखेर धेरै कल्पना गरिए । तर पनि यतिखेर जनताले उही पूरानो सास्तीको छनक पाइरहेको स्वयम् जनताले भनेको कुरा हो । शाही शासनकालमा राज्यद्वारा गरिएको प्रेसमाथिको दमनकै पारामा अहिले आक्रमण हुनु निन्दनीय र दुःखदायी छ । आफ्ना माग र तिनको सुनुवाइको लागि कानुन हुँदाहुँदै यो घटनाले कानुनी राज्यलाई चुनौती मात्र थपेको होइन प्रेस स्वतन्त्रताप्रति देश खतरामुक्त नभएको खबर गर्छ । हिमाल मिडियामाथिको आक्रमण दण्डहीनताकै उपज भएको मिडियाकर्मीले विश्लेषण गरेका छन् । यस अघि भएको हिमालमाथिकै आक्रमणकारीलाई तोकेरै देखाउँदा पनि सरकारले कार्वाही नगरेको र त्यसैको आत्मबलको फलस्वरुप घटना दोहोरिएको बताइएको छ । अहिले पनि आक्रमणमा संलग्न आफुलाई पन्छाइरहेका छन् । आक्रमणकारीले उल्टै वार्ता गर्न गएकालाई हिमाल मिडियाका गुण्डाहरुले कुटेको आरोप लगाएका छन् । असन्तुष्टि रहन सक्थ्यो । कानुनी उपायहरु बनाइएका छन् । तर सत्ताको ठूलो पार्टी सम्बद्धले गरेको आक्रमण र पन्छिने जुन बहाना हो त्यसले आक्रमणकारी र माऊ पार्टीको जनआदर्शलाई जनतामा स्थिर नराख्न सक्नेछ । माओवादी नेतृत्वको सरकारसँग जनताले साँचेको आशा पहिलेका आशा भन्दा निकैै बढी र महत्वको छ । आफ्ना कार्यकर्तालाइर्् संयममा राख्न नसक्नुले उसले ऐतिहासिक भूलमा पश्चाताप गर्नुपर्ने हुनसक्छ किनभने टिकिरहने जनताको विश्वास मात्रै कुनै पनि पार्टीका लागि अन्तिम र धु्रवसत्य छ । प्रधानमन्त्रीले भनिसकेको दोषी पत्ता लगाउने काम कार्वाहीको निर्देशन कति पालना हुन सक्छ त्यसले प्रेस स्वतन्त्रताप्रतिको राज्यको प्रतिबद्धता मानक गर्नेछ । जनताको सूचनाको हक सुनिश्चित गर्न कुनै पनि दल वा संगठन वा मिडियाले प्रतिबद्ध हुनैपर्छ । आफ्नो समाचार छाप्ने बनाउन सूचनालाई बङग्याउनु अर्को गल्ती हो । राज्यमा कानुनी शासनलाई मर्यादित बनाउन सरकार लाचार बन्छ भने त्यो जनतासामु उसको निर्मम घडी हो । सबैले बुझ्नु पर्ने फेरि सांसारिक सबै संयन्त्र ुरिसीप्रकोलु नै हुन् । ०६५ पुस १० काठमाँडौ । लष्चबवबलदबतबक२थबजयय।अयु
Thursday, January 1, 2009
लेख
तोरी लाउरेसँग मरुभूमि संवाद
निराजन बतास
हुइपा भएर भागिहिड्दैथ्यो ।ु उनीहरुले गफको केही बेर पछि शोषित नेपालीको उदेकलाग्दो कथा सुनाउँछन् । ुस्याङजाको क्षेत्री हो ।ु पहिलो भन्छ-ुदिनमा मालिक्निी र दुई छोरीसँग उनीहरुको मनपुग्दो सुत्नुपर्ने उसको बाध्यता थिएछ ।ु पुरुषहरु पनि श्रमबजारका नाउँमा यौन शोषणमा परिरहेका हुन्छन् त्यो धेरैलाई नलाग्ला तर दोस्रो फेरि वास्तविकता कहन्छ-ुउनीहरुको धित नमरे जागिरबाट निकालिदिने धम्की दिन्थे मालिक प्रायशः बाहिर हुन्थे र उसलाई काम गर्दैन भनेर कमॆन्ट गरिरहन्थे ।ु कहानी म सुनिरहेछु-ुतीनोडीलाई जतिबेला चाह्यो उतिबेला ऊ एक्लैले धित मारिदिनुपर्ने उनीहरुको मन लाग्यो कि कसै न कसैले मिसकल गरिरहन्थे ।ु उनीहरुले वीर जवानको मरुभूमि कथा सुनाएका थिए-ुबिचरा ! भागेर हाम्रोमा आइपुगेथ्यो ।ुुक्या भन्नु र जिन्दगी त्यो भित्तो झैं छ है सर !ु गिटी झिक्दा झिक्दा पेरुङ्गोझै भइसकेको चोभारको चारकुने पहरो देखाएर डिक बहादुर तामाङ्ग थक्थकिन्छन्-ुन जोवन न जवानी सब मरुभूमि ।ु डिलमूनि बाटो भएको बागमतीको गनाउने हावा खोल्सो छोडेर पाखामा ह्वास्स बढारिन्छ । छेवैका अर्का जखमलेको ध्याउन्न सन्दर्भमा जोडिएको छैन-ुहाऊ सर् बदाम खाउँ बदाम । यस्ता कुरा न भनेर सकिन्छ न सुनेर ।ुदुवै हँसिला र बोलाइला लाग्छन् । गएको शनिबार मात्र रुखो डाँडामा भेटिएका यी एकजोर मनुवा निकै बेरसम्म मरुभूमि विचरणको सुत्रधार भइदिन्छन् । ुउम्लिन्छ सर उम्लिन्छ ।ु सुकेको पात उडेको देख्न नपाइने मरुभूमिमा पापड बेलेर आइपुगेका यी दुई आफ्नो कुरा अघिल्तिर धकेल्न एक अर्कालाई घचेटिरहेका छन्-ुधेरै लुगा धेरै जाडो थोरै लुगा थोरै जाडो फतक्क पाकिन्छ नि !ु अर्कोले बल्ल कुरा समाउँछ-ुआत्था भन्न पाए पो !ुसंयुक्त अरब इमिरेट्समा कामदारको जागिर खाएर फर्केका काभ्रेका डिकबहादर तामाङ्ग र सिन्धुलीका रमेश बोहोरा एक अपराह्न्न दुर भूगोल चियाउने झ्यालको किस्सा बनिदिन्छन् । अघिल्लो दिन जनम देश टेकेका उनीहरु शनिबार भीडभाड हुने काठमाण्डुको चोभारमा टहलिन आइपुग्छन् । बदाम चपाउँदै र पानी निल्दै उनीहरुको भोगाइ तित्राको जाँतेसँग ढिडो खाएझैं मनसन्तोक म खाइरहन्छु । नेपाली नियति मरुभूमिमा कसरी गोहो नबसाइ तप्प खसेर बििलंदो छ मेरो मथिङ्गलमा सपाट हुन थाल्छ ।ुसंघीय राज्य होु उनीहरु भन्दैछन्-ुसारजहाँ अबुधावी दुवई फुजेरा अजमान प्रान्तहरु सबै ठूला शहरमा लाख नेपाली कनिका छरिएझैं छन् । बितेको तीन बर्षमा उनीहरुले हेरे र मुख पनि फेरे । दुवइको अल सिरावी इक्विपमेन्टमा काम गरेका यी दुइको बुझाइ ुविदेशमा विदेशी कामदारको विजोग होइन ुकन्तविजोगु छ ।ु ुत्यहाँ नेपाली त सिङ र पुच्छर लगाएर पो हिड्छन् त !ु उनीहरुलाई कोट्याएपछि त्यहाँ भएका÷गएका नेपालीको गन्ध घ्याम्पोको बिर्को खोले झैं हुन्छ । ुकानमा नाकमा र नाइटोमा समेत मुन्द्रो लगाएर हिड्छन् ।ु विदेशीको अक्कल लाउन नेपालीको नक्कल पनि काफी छ । बरदुबइमा नेपाली चोक छ र धेरै नेपाली प्रायः विदाको दिन ुप्रुाइडे मिटु गर्छन् । पार्क चौक र विचहरुमा नेपाली चिनिन्छन् । ुनेपाली महिला कामदारको कुरा नगरौं भो ु उनीहरु पीडा र बेदना बोल्नै मानिरहेका छैनन्-ुसबै हाउस मेड कर्मचारी हुन् । फोनमा र कति त सडकमै रोएर हिडेका छन् ।ु उनीहरुका अनुसार त्यहाँ गएका कोही पनि महिला केही गरी यौन शोषणमा पारिएका हुन्छन् । ुहन्ड्रेड पसे्रन्ट् ।ु उनीहरुको ठोकुवा छ-ुअरेबिकहरुले विदेशी महिलालाई भोग्नुसम्म भोगिरहेका छन् । उनीहरु कामनै गर्छन्-ुकोही महिला विदेशमा घरायसी कामदार नबनुन् ।ु अरेबिक समाजमा पाहुनाको सत्कार गर्न उसलाई कन्यासँग सुताउनु सम्मान हुने भएकाले पनि नेपाली महिला धेरै थरिको शिकार भइरहेका छन् । उनीहरु आउँदाआउँदै झापाकी एक महिलाको ज्यान गएको सुन्दै थिए । त्यहाँ पुगेका धेरै महिला आफ्नो भविष्यको पिरलोमा हुन्छन् । कतिले त ुदाइ बिहे गरौंु नै भन्छन् । ुफिरेपछि केटा नपाइन सक्छ बरु घरमा स्वास्नी भए पनि हुन्छ मिलाएर राख्नु ।ु उनीहरु जस्ताको तस्तै भन्दैछन्-ुदिदी बहिनीको विलापले मन कुडिन्छ सर् ।ुुगइन्छ नि किन नजानु ु उनीहरु अब आफ्नो कुरा गर्दैछन्-ुस्वास्नीलाई मात्र सम्झेर कति बस्ने ु उनीहरुका अनुसार त्यहाँका प्रतिष्ठित शहरहरु सबैमा यौन व्यावसाय उल्लेख्य हुन्छ । फिलिपिनो र चाइनिजहरु बजारमा बहुत चल्ती लाग्छन् । ुएक खेपमा कम्तीमा पचास र सयसम्म ।ु बजार भाउको उनीहरु कुरा गर्दैछन्-ुत्यहाँको दिराम एक रुपैयाँ बराबर यहाँ नेपाली मुद्रा बीस रुपैयाँ हुन्छ ।ु उनीहरु फेरि अर्को ठोकुवा गर्छन्-ुएक से एक नेपाली केटाहरु तिर्खा मेटाउन जान्छन् ।ु ुज्यानै गतिलो तिनेरुको सुरुमा त डर लाग्ने गाँठे ।ु विदेशी कामदार भएर गएका महिला त्यहाँ कति त यौनकर्मी भएरै फस्टाएका छन् । ुएकचोटि गएपछि उनीहरुको कल आइरहन्छ ।ु किन ढाँट्थे उनीहरुले यी दुइ दुबई ओपन वीच पनि गएका छन् त्यहाँ विदेशीहरु समुद्रको किनारमा नाङ्गै रमाउँछन् र त्यही गर्ने जति बाँकी नराखेर गर्छन् । उनीहरुका अनुसार त्यहाँ जान चाहनेले आफु पनि नाङ्गै भएपछि मात्र पुलिसले अनुमति दिन्छ । नत्र पताकापरिचय पत्र खोसेर हैरान पार्छ । नाङ्गेहरुको रमिता हेर्न मात्र पाइदैन त्यहाँ ।अरबिक देशमा उनीहरुले देखेको मरुभूमि विकास भने अचम्मकै छ । न जाम न प्रदुषण । सडकमा बाटो काट्नेलाई ५ सय जरिवाना । रोडमाथिको लिकबाट रेल सरर । आकाशै छुने घरहरु । कनिका पनि आयातै गर्नुपर्ने र पनि सिन्कोको अभाव छैन । एक विरुवालाई एक धारा अनिवार्य । प्रतीक्षालयमा समेत एअर कण्डिसनिङ्ग । ुकति विकास कति ु उनीहरु तर्क गर्छन्-ुनेपालमा सबै छ तर केही छैन ।ुउनीहरुले त्यहाँ भ्रष्टाचारको गन्ध पाएनन् । धेरै नेपालीले मालिकलाई गोर्खे मुक्की हान्छन् तर प्रहरीले घुस खादैन र मालिकलाई उल्टै हकार्छ-ु शोषण गरिस् होला फेरि हान्लान् ।ुम गम्छु अब । विदेशी श्रम बजारमा नेपालीहरुको पीडामयी व्यथा कहिले अन्त नहुने सत्य झै भएको छ । दिल्लीमा मात्र विदेश उड्न लागेका ५ बढी नेपाली महिला जेलमा थुनिएका छन् । कतार नेपाली समाजले मात्र भर्खरै नेपाल सरकारलाई कतारमा नेपाली कामदारको असृुरक्षा भइरहेको भन्दै कामदार नपठाउन आग्रह गरेको छ । साउदी अरेबियामा विदेशी कामदारले अत्यन्त शोषण भएको भन्दै त्यहाँ भर्खर प्रदर्शन गरेका छन् । अफगानिस्तानमा थुनिएका नेपाली भर्खर रिहा गरिदैंछन् । नेपालीहरुको अवस्था सबैतिर यति बिकराल छ कि कसैको अनुमान भन्दा बढी उनीहरुले सास्ती पाइरहेका छन् । यसलाई ब्यस्थित बनाउन सरकार केही सोच्दैन र विदेशका कामदार नेपाली सँधै सरकारको सत्तो सराप गरिरहेका हुन्छन्-ुसाले सरकार नामर्द नभएको भए यहाँ किन दुःख पाइन्थ्यो यसरी ुुतोरी लाउरेको कथा त्यस्तै है सर् !ु उनीहरु टुङग्याउनीमा आइपुग्दैछन् । ुस्याङजामा त विदेश देखि आउने श्रीमान सँग कण्डम नराखी त महिलाहरु सम्पर्क नगर्ने अभियानमा छन् नि !ु मैलै यस्तो सम्झाउँदा उनीहरु झस्किए-ुआम्मै हो र ु तीन वर्षपछि परिवार भेट्दै गरेका उनीहरु सशंकित छन्-ुबुढीले चर्को पार्ला क्या हो ु०६५ पुस १७ काठमाँडौ ।
Subscribe to:
Posts (Atom)